यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको थियो कि उनि धेरै जातिहरूको पिता हुनेछन। अब्राहामको परिवार तीव्र गतिमा बढ्न थाल्यो, र यूसुफ अब्राहामका नाति याकूबबाट जन्मिए।
याकूबका अरू एघार जना छोरा पनि थिए, तर यूसुफ उनको सबैभन्दा प्रिय छोरा थिए। यूसुफका दाजुहरू उनको डाहा गर्न थाले। त्यसैमा यूसुफले यस्तो सपना देखेका थिए कि जसमा उनि एक दिन महान् शासक बन्नेछन् र उनका दाजुहरू समेत उनको सामु निहुरिनेछन् भन्ने शन्देश थियो। (उत्पत्ति ३७) यसकारण डाहाले भरिएका उनका दाजुहरूले यूसुफलाई हटाउने योजना बनाए।
यूसुफलाई दासका रूपमा बेचियो र उनलाई मिश्र देशमा लगियो, जहाँ उनि एकजना महत्वपूर्ण मिश्री अधिकारीको घरमा बस्न थाले। एक दिन, यूसुफलाई झूटो आरोप लगाएर दोषी ठहर गरियो, र जेलमा हालियो। यद्यपि यूसुफ जेलमा थिए, परमेश्वर उनिसँग विश्वासयोग्य रहनुभयो र उनलाई जेलमै एक अगुवा बनाउनुभयो। जेलमै यूसुफको मित्रता फारोको मुख्य पियाउने सँग भयो, जसलाई पछि रिहा गरेर फेरि फारोको सेवा गर्न पठाइयो।
दुई वर्षपछि, फारोले दुई वटा अनौठा सपनाहरु देखे जुन उनले बुझ्न सकेनन। ती सपनाहरूको अर्थ कसैले पनि बताउन सकेन। त्यसबेला मुख्य पियाउनेले यूसुफलाई सम्झिए र फारोलाई बताए कि यूसुफले सपना व्याख्या गर्न सक्छन।
परमेश्वरको सहायतमा, यूसुफले फारोका सपनाहरूको व्याख्या गर्न सके। सपनाको आधारमा, यूसुफले फारोलाई एक ठूलो अनिकालको लागि तयारि गर्ने चेतावनी दिए। फारोले यूसुफको कुरा सुने र त्यो
अनिकालको समयमा धेरै देशका मानिसहरूलाई अन्न बेच्नका लागि अन्न सञ्चय गर्ने युसुफको योजना अनुसार काम गर्न थाले। फारोले यूसुफलाई मिश्रको दोस्रो शक्तिशाली व्यक्ति बनाए र सञ्चय गरिएको अन्न व्यवस्थापन गर्ने र बेच्ने जिम्मेवारी यूसुफलाई दिए।
यूसुफ मिश्रमा परमेश्वरप्रति विश्वासयोग्य रहे, र चाँडै नै मानिसहरूले यूसुफका परमेश्वरको बारेमा अझ बढी जान्ने चाहना गरे।
जावन खाना किन्न मिश्र यात्रा गर्छन्, जहाँ मदाईले उनलाई खडेरीपछि पनि त्यहाँ खाना कसरी बाँकी छ भन्ने कुरा बताउँछन्। मदाईले एक मिश्री अगुवा यूसुफको बारेमा सुनाउँछन्, जसलाई परमेश्वरले शक्तिशाली तरिकाले प्रयोग गर्नुभयो ताकि उनले फिरोलाई अनिकालको समयमा आफ्ना मानिसहरूलाई नेतृत्व गर्न सहायता गर्न सकून्।
यस कथाको सुरुवात त्यो करारबाट हुन्छ जुन परमेश्वरले अब्राहामसँग उनलाई धेरै जातिहरूको पिता बनाउने प्रतिज्ञा गर्नुभएको थियो। जुन अब्राहाम, उनका छोरा इसहाक, इसहाकका छोरा याकूब, र याकूबका छोरा यूसुफमार्फत पूरा भयो। (उत्पत्ति १७)
यूसुफलाई उनका दाजुहरूले दासका रूपमा बेचिदिए। तर परमेश्वरले त्यस घटनालाई प्रयोग गरेर यूसुफलाई मिश्रको दोस्रो शक्तिशाली व्यक्ति बनाउनु भयो। पछि, यूसुफले आफ्नो पदको प्रयोग गरेर आफ्ना परिवारको हेरचाह गर्न, उनीहरूलाई अनिकालबाट बचाउन, र मिश्रमा राम्रो भूमि उपलब्ध गराउन सके।
जसरी यूसुफ दासका रूपमा बेचिएका थिए, त्यसैगरी पछि उहाँको परिवार पनि मिश्रमा दास बन्न पुगे। जब परमेश्वरले उत्पत्ति १५:१२–१४ मा अब्राहामसँग करार गर्नुभयो, उहाँले अब्राहामलाई भन्नुभयो कि उनको सन्तान ४ सय वर्षसम्म दासत्वमा रहनेछ। तर अन्ततः उहाले उनीहरूलाई दासत्वबाट छुटकारा दिनुहुनेछ र तिनीहरूलाई एक महान् जातिमा परिणत गर्नुहुनेछ।
१. फारोका सपना वर्णन गर्नुहोस्।
२. किन फारोलाई आफ्ना सपनाहरूको अर्थ भनिदिने कोही चाहियो?
३. सपना व्याख्या गर्ने यूसुफको क्षमता देखेर फारोले यूसुफसँग कस्तो व्यवहार गरे?
४. तपाईंको जीवनमा परमेश्वरले आफ्नो शक्ति कसरी प्रकट गर्नुभएको छ?