परमेश्वरको दिव्य ज्ञान

सोलोमन र दुई आमाहरू

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


धर्मशास्त्र सन्दर्भ: १ राजा ३

भिडियोको सारांश:

परमेश्वरले राजा सोलोमनलाई जे पनि माग्न चाहन्थे त्यो माग्ने मौका दिनुभयो। सोलोमनले धन र सम्मान माग्न सक्थे। बरु, उनले राज्य शासन गर्ने बेला बुद्धिमानी निर्णयहरू गर्न मद्दत गर्ने ईश्वरीय बुद्धि मागे।

सोलोमनले बुद्धिको लागि अनुरोध गरेको केही समय नबित्दै, दुई महिलाले एउटा कठिन समस्या समाधान गर्न उनीसँग सल्लाह मागे। प्रत्येक महिला एक-एक शिशुकी आमा थिइन्, तर एक शिशुको मृत्यु तीन दिनको उमेरमा भएको थियो। दुवै महिलाले दाबी गरे कि जीवित शिशु उनीहरूको हो। सोलोमनको अगाडि कस्तो असम्भव काम थियो! उनलाई कुन महिला शिशुकी आमा थिइन् भन्ने रहस्य समाधान गर्नुपर्ने थियो!

सोलोमनले बच्चालाई आधा काट्न सुझाव दिए ताकि प्रत्येक आमाले बच्चाको एक भाग पाउन सकून्। अवश्य पनि, यो सुझाव सुन्ने सबैलाई उनी पागल जस्तो लाग्यो! तर सोलोमनसँग परमेश्वरबाट बुद्धिको वरदान भएकोले, उनलाई थाहा थियो कि यस्तो डर लाग्दो प्रस्तावलाई व्यवहारमा उतार्न आवश्यक पर्दैन। शिशु चोर्ने आमा स्वार्थी थीइन र सोलोमनलाई त्यो प्रस्ताव कार्यान्वयन गर्न दिन तयार भईन। तर साँचो आमा, जसले आफ्नो सन्तानलाई बचाउनको को लागि उनि आफ्नो बच्चालाई छोड्न तयार भईन।  

यस भिडियोको बारेमा:

शेलाहले एक ग्राहकलाई राजा सोलोमन कसरी बुद्धिमान् भए र परमेश्वरको महिमा गर्न आफ्नो बुद्धि प्रयोग गरे भनेर बताउँछिन्। दुई महिला दुवैले एक बच्चालाई आफ्नो भएको दाबी गर्दा परमेश्वरले सोलोमन लाई कसरी बुद्धि प्रदान गर्नुभयो भन्ने कथा उनी सुनाउँछिन्।

सोलोमन राजा दाऊदका छोरा थिए। दाऊद विश्वासयोग्य थिए र परमेश्वरको व्यवस्था पालन गर्थे। दाऊद सधैं सही काम गर्दैनथे, तर उनी नम्र थिए र गल्ती गर्दा क्षमा माग्थे। दाऊद इस्राएलको सबैभन्दा राम्रो र सबैभन्दा विश्वासयोग्य राजाको रूपमा चिनिन्थे।

सोलोमन पनि विश्वासयोग्य हुन र परमेश्वरको व्यवस्था पालना गर्न चाहन्थे। उनले दाऊदबाट सिके कि राजा हुनु र परमेश्वरलाई पछ्याउनु धेरै गाह्रो छ, र सोलोमनलाई थाहा थियो कि उनलाई बुद्धि चाहिन्छ।

परमेश्वरले सोलोमन लाई बुद्धि दिनुभयो, तर सोलोमनले परमेश्वरप्रति विश्वासयोग्य हुन रोज्नुपर्‍यो। सोलोमनलाई बुद्धि, धन र सम्मानको प्रतिज्ञा गर्दा, परमेश्वरले उनलाई भन्नुभयो, "अनि यदि तिमी मेरो आज्ञाकारितामा हिँड्यौ र तिम्रा पिता दाऊदले जस्तै मेरा नियम र आज्ञाहरू पालन गर्यौ भने, म तिमीलाई लामो आयु दिनेछु।" (१ राजा ३:१४)

विचार गर्नुपर्ने प्रश्नहरू:

१. सोलोमनले किन परमेश्वरसँग बुद्धि मागे?

२. सोलोमनले बच्चाको वास्तविक आमा को हो भनेर निर्धारण गर्न आफ्नो बुद्धि कसरी प्रयोग गरे?

३. तपाईलाई के लाग्छ, सोलोमनले बच्चालाई दुई टुक्रा पार्न सुझाव दिँदा बच्चाको वास्तविक आमालाई कस्तो लाग्यो?

४. यदि तपाईं परमेश्वरसँग केही माग्न सक्नुहुन्थ्यो भने, तपाईं के माग्नुहुन्थ्यो? किन?