यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
नोआ एकजना यस्तो व्यक्ति थिए जो परमेश्वरप्रति आफ्नो निष्ठा र विश्वासका कारण चिनिन्थे। नोआले परमेश्वरले भन्नुभएको सबै कुराहरु पालन गरे र आफूलाई कहिल्यै दुष्टता वा पापमा फस्न दिएनन्। नोआको यही निष्ठाका कारण, परमेश्वरले उहाँलाई विनाशबाट बचाउने निर्णय गर्नुभयो। परमेश्वरले नोआलाई एक ठूलो जलप्रलयको लागि तयारी गर्न भन्नुभयो, र त्यसका लागि एक विशाल जहाज (डुङ्गा) बनाउन निर्देशन दिनुभयो।
जहाज तयार भएपछि, परमेश्वरले नोआलाई आफ्नो परिवार र जनावरहरूलाई त्यसमा राख्न भन्नुभयो। उनलाई जलप्रलयबाट बच्न जहाजमा बस्न र पृथ्वी पुनः सुक्खा नहुँदासम्म पर्खन भनिएको थियो। नोआले परमेश्वरले भने अनुसार नै गरे।
वर्षा सुरु भयो र लगातार ४० दिन र रातसम्म पानि परिरह्यो। पानी बिस्तारै हटेर नजादा सम्म र जमिन फेरि सुक्खा नहुदासम्म, नोआको परिवार महिनौँसम्म जहाजमै सुरक्षित रूपमा बसिरह्यो।
जहाजबाट बाहिर निस्केपछि, नोआ र उनको परिवारले परमेश्वरले दिनुभएको सुरक्षा र संरक्षणका लागि उहाँको आराधना गरे। परमेश्वरले नोआ र उनको परिवारसँग प्रतिज्ञा गर्नुभयो कि अब कहिल्यै पृथ्वीलाई नष्ट गर्न जलप्रलय ल्याइने छैन। उक्त प्रतिज्ञाको चिन्ह स्वरूप, परमेश्वरले आकाशमा इन्द्रेणी राख्नुभयो। परमेश्वरले नोआ र उनको परिवारलाई बचाउनुभयो किनभने उनीहरू परमेश्वरप्रति विश्वासयोग्य थिए।
सानो ओनान आकाशको इन्द्रेणी देखेर डराउँछ, किनभने उसले सुनेको छ कि त्यो कुनै भयानक कुराको चिन्न हो। तर उसका काका शेमले उसलाई नोआको कथा सुनाउँदै सम्झाउँछन् कि वास्तवमा इन्द्रेणी परमेश्वरको शक्ति र सबै मानिसहरूसंग गरिएको प्रेमपूर्ण प्रतिज्ञाको चिन्न हो।
नोआको कथा बुझ्ने सबैभन्दा राम्रो तरिका भनेको यसलाई उत्पत्ति १ देखि ९ सम्मको सन्दर्भमा राख्नु हो।
उत्पत्ति १–९ ले हामीलाई बताउँछ कि परमेश्वरले संसार र त्यसमा भएका सबै चीजहरू सिर्जना गर्नुभयो।
परमेश्वरले मानिसलाई आफूसँग विशेष सम्बन्धको लागि सिर्जना गर्नुभयो। (उत्पत्ति १, २)
तर मानिसहरू पापमा प्रलोभित भए, जसले परमेश्वरसँगको सम्बन्धमा बाधा सिर्जना गर्यो। (उत्पत्ति ३)
यद्यपि परमेश्वर र मानवबीचको सम्बन्ध परिवर्तन भयो, तर परमेश्वरले अझै पनि आफ्ना मानिसहरूलाई जोगाउनुभयो।
समयसँगै पाप र दुष्टता संसारमा यति धेरै फैलियो कि परमेश्वरले पृथ्वीलाई ठूलो जलप्रलयमार्फत सफा गरेर पुनः सुरु गर्ने निर्णय गर्नुभयो। (उत्पत्ति ५–९)
परमेश्वरले एकजना धर्मी मानिस नोआ र उनको परिवारलाई फेला पार्नुभयो। महान करुणाका साथ, परमेश्वरले नोआ र उनको परिवारलाई जलप्रलयबाट जोगाउन एक ठूलो जहाज बनाउन भन्नुभयो।
जब मानिसहरू जहाजबाट बाहिर निस्किए, परमेश्वरले आकाशमा इन्द्रेणी राख्नुभयो र नोआ र उनको परिवारसँग एक करार (प्रतिज्ञा) गर्नुभयो।
परमेश्वरले मानिसहरूलाई भन्नुभयो: " फल्दै - फुल्दै, वृद्धि हुदै र पृथ्वीमा भरिदै जाओ।" (उत्पत्ति ९:१)
र उहाँले प्रतिज्ञा गर्नुभयो कि पानीले अब कहिल्यै पृथ्वीका सबै प्राणीहरूलाई नष्ट गर्ने जलप्रलय ल्याउनेछैन। (उत्पत्ति ९:८) जब हामी आकाशमा इन्द्रेणी देख्छौं, हामी सम्झन सक्छौं कि परमेश्वरले नोआ र उनको परिवारलाई जोगाउनुभयो र उहाँले हामीलाई पनि जोगाउने प्रतिज्ञा गर्नुभएको छ।
१. परमेश्वरले सम्पूर्ण पृथ्वीमा जलप्रलय ल्याउने निर्णय किन गर्नुभयो?
२. नोआले परमेश्वरप्रति आफ्नो विश्वासयोग्यता कसरी देखाए?
३. परमेश्वरले आकाशमा इन्द्रेणी किन राख्नुभयो?
४ .तपाईंले परमेश्वरप्रति आफ्नो विश्वासयोग्यता कसरी देखाउन सक्नुहुन्छ?