सबै कुरा परमेश्वरलाई समर्पण

आब्राहाम र इसहाक

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


धर्मशास्त्र सन्दर्भ: उत्पत्ति २२:१-१९

भिडियोको सारांश:

धेरै वर्षसम्म, अब्राहाम र साराले बच्चा जन्माउने आशा राखेका थिए, तर सारा कहिल्यै गर्भवती भइनन्। जब अब्राहाम उनान्सय वर्षको भए, परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि उनी धेरै राष्ट्रहरूको पिता बन्नेछन् (उत्पत्ति १७:४)। परमेश्वरले यो पनि प्रतिज्ञा गर्नुभयो कि साराको एउटा छोरा हुनेछ र उनी
धेरै राष्ट्रहरूकी आमा हुनेछिन।(उत्पत्ति १७:१६) एक वर्ष पछि, साराले तिनीहरूको एक मात्र छोरा इसहाकलाई जन्म दिइन्।

अब्राहाम धर्मी मानिस थिए, यद्यपि उनले अझै पनि गल्ती गर्थे। जब इसहाक बालक थिय, परमेश्वरले अब्राहामको विश्वासयोग्यताको परीक्षा लिने निर्णय गर्नुभयो। एक दिन, परमेश्वरले अब्राहामलाई उनको छोरालाई एउटा विशेष ठाउँमा लैजान, बाँध्न र बलिदान गर्न भन्नुभयो। अब्राहामलाई थाहा थियो कि उनले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ, त्यसैले उनले निर्देशनहरू पालना गर्न परमेश्वरमा भरोसा गरे। अब्राहामले इसहाकलाई बलिदान दिनुभन्दा ठीक अघि, परमप्रभुको एक स्वर्गदूत देखा परे, र बलिको लागि एउटा भेडाको व्यवस्था गरियो। परमेश्वरले अब्राहामको विश्वास देख्नुभयो र अब्राहामले त्यो ठाउँको नाम "परमप्रभुले जुटाउनुहुनेछ" राखे।

 

यस भिडियोको बारेमा:

एलामले जिज्ञासु राजा जकारलाई बताउँछन् कि कसरी परमेश्वरले उनका मालिक अब्राहामको विश्वासको परीक्षा लिनुभयो।
त्यसपछि एलामले बताउँछन् कि कसरि परमेश्वरले अब्राहामको लागि प्रबन्ध गर्नुभयो र उनको अनुसरण र आज्ञा पालन गर्ने इच्छालाई प्रचुर मात्रामा इनाम दिनुभयो।

अब्राहामको परमेश्वरसँग विशेष सम्बन्ध थियो। परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले उनलाई आकाशका ताराहरू जत्तिकै सन्तान भएको एउटा ठूलो राष्ट्र बनाउनुहुनेछ (उत्पत्ति १५:४)।

अब्राहाम र उनकी श्रीमती साराको कुनै सन्तान नभएता पनि अब्राहामले परमेश्वरमा विश्वास गर्ने छनौट गरे। (उत्पत्ति १७)
 

विश्वासमा परमेश्वरको निर्देशन पालना गर्ने अब्राहामको निर्णय परमेश्वरको लागि अब्राहामको इच्छाको बलिदान थियो। अत्यन्तै कठिन भए पनि, अब्राहामले परमेश्वरको इच्छा पालना गर्न चाहन्थे र बलिदानको लागि तयार भए। परमेश्वरले अब्राहामको विश्वास देख्नुभयो, एउटा भेडा दिनुभयो, र आफ्नो करारको सम्झना गराउन एक स्वर्गदूत पठाउनुभयो।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. परमेश्वरले अब्राहामलाई इसहाकसँग के गर्न भन्नुभयो?

२. परमप्रभुको स्वर्गदूत देखा पर्दा के भयो?

३. परमेश्वरले अब्राहामसँग कस्तो प्रतिज्ञा गर्नुहुन्छ?

४. तपाईं विश्वासयोग्य हुँदा परमेश्वरले तपाईंलाई किन मद्दत गर्नुहुन्छ?