भन्नुहोस, तपाईको दास सुन्दैछ। 

परमेश्वरले शमूएललाई बोलाउनुभयो

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्र शास्त्र सन्दर्भ: १ शमूएल ३:१–२१

भिडियोको सारांश:

हन्नाले सधैं सन्तानको इच्छा राखेकी थिइन्। एक दिन, परमेश्वरको आराधना गर्दै र बलि चढाउँदै गर्दा, उनले पुरै मनले परमेश्वरलाई उनलाई सन्तान दिनुहोस भनि प्रार्थना गरिन्। परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र चाँडै उनले एक छोरालाई जन्म दिइन्, जसको नाम उनले शमूएल राखिन्। हन्नाले परमेश्वरसँग वाचा गरेकी थिइन् कि शमूएल मन्दिरमै हुर्किनेछन र जीवनभर परमेश्वरको सेवा गर्नेछन। हन्नाले गरेको वाचा अनुसार, सानो शमूएल मन्दिरमा प्रमुख पुजाहारी एलिसँग बस्न गए।

एक रात, एलि र शमूएल परमेश्वरको सन्दूक नजिकै मन्दिरमा सुतेका थिए। मध्यरातमा, शमूएलले कसैले आफ्नो नाम लिएर बोलाएको सुने। उनि उठेर एलिकोमा गएर भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनु भयो?” तर एलिले भने, “मैले तिमीलाई बोलाएको होइन, गएर सुत।”
यो घटना अझ दुई पटक दोहोरियो। अन्ततः एलिले बुझे कि यो आवाज परमेश्वरको हो, र उनले शमूएललाई भने, “यदि उहाले फेरि बोलाउनु भयो भने, यसो भन्नु " भन्नुहोस प्रभु, तपाईंको दास सुन्दैछु।”

अर्को पटक, शमूएलले परमेश्वरबाट एक दर्शन पाए। परमेश्वरबाट आएको सन्देश सुन्न गाह्रो थियो। परमेश्वरले भन्नुभयो कि उहाँ एलि र उनका पापी छोराहरूमाथि न्याय गर्न लागिरहनु भएको छ। भोलिपल्ट बिहान, शमूएलले त्यो भविष्यवाणी एलिलाई स्पष्ट रूपमा सुनाए।

परमेश्वर शमूएलसँग निरन्तर बोलिरहनुभयो, र शमूएल एकजना बुद्धिमान र महत्वपूर्ण पुजाहारी बने। परमेश्वरले शमूएललाई इस्राएलको पहिलो राजाको रूपमा शाउललाई अभिषेक गर्न भन्नुभयो। केही समयपछि, शाउल अझै राजा भएका बेलामा, परमेश्वरले शमूएललाई एउटा जवान गोठालो केटोलाई दोस्रो राजाको रूपमा अभिषेक गर्न भन्नुभयो। त्यो केटा दाउद थिए। शाउलको मृत्युपछि, दाउद इस्राएलको सबैभन्दा महान् राजा बने।

यस कथाको एक भागमा, दाउदलाई राजा शाऊलसँग परिचय गराइन्छ। यसले दाउदले राजा शाऊलको सेवामा बसेको समयतर्फ लैजान्छ।

दाउदलाई गोप्यरुपमा शाऊलको स्थानमा इस्राएलको अर्को राजा बन्नका लागि अभिषेक गरिएको थियो। यो कथाले पुष्टि गर्छ कि दाउदको परमेश्वरप्रतिको विश्वास भएकै कारण उनिसँग इस्राएलको लागि लड्ने र अगुवाइ गर्ने क्षमता थियो।

शताब्दीौँ अघिदेखिका भबिष्यवाणी पूरा गर्दै, दाउदका वंशजमध्ये एक येशु हुनुहुन्थ्यो, जसलाई इस्राएलीहरूले लामो समयदेखि पर्खिरहेको मसीहका रूपमा चिनिन्थ्यो।

यस भिडियोको बारेमा:

एक वृद्ध व्यक्तिले दाउदलाई राजा बनाउने हेतुले उनलाई अभिषेक गर्न आउँछन् र केही वर्ष पहिले भविष्यवक्ता शमूएलले दाउदलाई गरेको गोप्य वाचा सम्झाउँछन्। शमूएलले बाल्यकालमा परमेश्वरको आवाज सुनेको कथा सुनाउँदै, दाउदले उनीहरूलाई विश्वास दिलाउँछन् कि परमेश्वरको शक्ति र प्रेमले कुनै पनि वाचा पूरा हुनबाट रोक्ने छैन।

बाइबलमा, परमेश्वरले प्राय महिलाहरूले सन्तानको लागि गरिएको प्रार्थनाको जवाफ दिनुभएको छ। यी सन्तानहरूको परमेश्वरको कथामा महत्वपूर्ण भूमिका छन्। उदाहरणका लागि, अब्राहामकी पत्नी साराले तब सम्म सन्तान जन्माउन सकिनन् जब सम्म परमेश्वरले उनको जीवनमा चमत्कार गर्नु भएन।

शमूएलको नेतृत्व इस्राएलको राजतन्त्र स्थापना गर्न अत्यन्तै महत्वपूर्ण थियो। शमूएलले परमेश्वरको कुरा सुनेर र परमेश्वरले भनेका कामहरू गरेर विश्वासयोग्यता देखाए।

राजा दाउद, जसलाई शमूएलले अभिषेक गरे, उनि एक महान् राजा बने। परमेश्वरले वाचा गर्नुभएको थियो कि मसीह दाउदको वंशबाट आउनु हुनेछ। मत्ती १:१ मा येशू मसीहलाई, दाउदको पुत्र, र अब्राहामको पुत्रको रूपमा वर्णन गरिएको छ।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. तपाईंलाई के लाग्छ, शमूएललाई एलिको सेवा गर्दै हुर्कनु कस्तो अनुभव भयो होला?

२. तपाईंलाई के लाग्छ, जब शमूएलले थाहा पाए कि परमेश्वरले उनलाई बोलाउँदै हुनुहुन्छ, तब उनलाई कस्तो महसुस भयो होला?

३. परमेश्वरले दिनुभएको सन्देशलाई शमूएलले के गरे?

४. शमूएल कसरी परमेश्वरप्रति विश्वासयोग्य रहे?