यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
यिशैका कान्छा छोरा दाउद केवल एक गोठालो केटो थिए, तर उनले पलिश्ती सेनाको सबैभन्दा डर लाग्दो सैनिक, गोलियतको सामना गरे। कुनै डर बिना, दाउदले परमेश्वरमा भरोसा गरे र उहाँकै सहायताले उहाका मानिसहरुको शत्रुलाई पराजित गरे।
४० दिनसम्म इस्राएली सेना डरका कारण पछि हटिरह्यो, किनभने तिनीहरूलाई लाग्थ्यो कि तिनीहरूले त्यो विशाल मानिसलाई पराजित गर्न सक्दैनन्। अन्ततः दाउद नाम गरेका एक जवान गोठालो अगाडि आए र त्यो चुनौती स्वीकार गरे। परमेश्वरसँग सहायता माग्दै प्रार्थना गरेर, उनले केवल एक गुलेली र केही ढुंगाको प्रयोग गरेर शक्तिशाली गोलियतलाई मार्न सके, जसले इस्राएली सेनालाई युद्ध जिताइदियो।
यो घटनाले दाउदलाई आफ्ना जनताको महान अगुवा बन्ने मार्ग तयार गर्यो र उनको भित्री बल र परमेश्वरप्रतिको भरोसाका कारण उनको परिवारको विश्वास पुस्तौँसम्मका लागि परिवर्तन भयो।
यिशै उनका छोराहरू यति चाँडै युद्धभूमिबाट किन घर फर्किए भनेर अचम्ममा पर्छन्। जवाफमा, उनका छोरा एलिआबले बताउँछन् कि कसरि शत्रु गोलियत नामक एक राक्षस, उनको कान्छो भाई दाउदसंग लडाईमा हारेर ढल्यो र दाउदले शक्तिशाली परमेश्वरमा विश्वास राखेको कारणले विजय हासिल गरे।
यस कथाको एक भागमा, दाउदलाई राजा शाऊलसँग परिचय गराइन्छ। यसले दाउदले राजा शाऊलको सेवामा बसेको समयतर्फ लैजान्छ।
दाउदलाई गोप्यरुपमा शाऊलको स्थानमा इस्राएलको अर्को राजा बन्नका लागि अभिषेक गरिएको थियो। यो कथाले पुष्टि गर्छ कि दाउदको परमेश्वरप्रतिको विश्वास भएकै कारण उनिसँग इस्राएलको लागि लड्ने र अगुवाइ गर्ने क्षमता थियो।
शताब्दीौँ अघिदेखिका भबिष्यवाणी पूरा गर्दै, दाउदका वंशजमध्ये एक येशु हुनुहुन्थ्यो, जसलाई इस्राएलीहरूले लामो समयदेखि पर्खिरहेको मसीहका रूपमा चिनिन्थ्यो।
१. यदि तपाईंले ४० दिनसम्म इस्राएली सैनिकहरूलाई युद्धको लागि चुनौती दिइरहेको विशाल राक्षस गोलियतलाई देख्नु र सुन्नु भएको भए तपाईं कस्तो महसुस गर्नुहुन्थ्यो?
२. तपाईंलाई के लाग्छ दाउद गोलियतसँग किन नडराएको होला?
३. के दाउदले गोलियतलाई पराजित गर्न आफ्नो गोठालोपनको सीपमा भर परेका थिए, कि परमेश्वरप्रतिको उनको विश्वासमा?
४. के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईंको जीवनका विशाल कठिनाइहरू सामना गर्न र जित्न तपाईंलाई सहयोग गर्न सक्नुहुन्छ?