भगौडा

योना

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


धर्मशास्त्र सन्दर्भ: योना १:१–२:१; २:८–३:१०; ४:९–११

भिडियोको सारांश:

परमेश्वरले योनालाई निनवे शहरमा जान भन्नुभयो, तर योना जान चाहँदैनथिए। इस्राएलीहरू र निनवेमा बस्ने असिरियालीहरू दुश्मन थिए।

त्यसैले, योना परमेश्वरबाट भागे! उनि सकेसम्म टाढा जान चाहन्थे, त्यसैले उनि तर्शिशतर्फ जाँदै गरेको एउटा जहाजमा चढे। परमेश्वर रिसाउनुभयो, र उहाँले समुन्द्रमा एक ठुलो बतास चलाउनुभयो, जसले योनाले यात्रा गरिरहेको जहाज डुबाउने खतरा उत्पन्न गरायो। जहाजका चालकहरूले  आफ्ना-आफ्ना देवताहरूलाई पुकारे, र जहाज बचाउनको लागि आफ्नो सामान समुद्रमा फाल्न थाले। जहाजका चालकहरूले योनालाई तिमि पनि आफ्ना परमेश्वरलाई पुकार भनि आग्रह गरे, तर योनालाई थाहा थियो कि केवल प्रार्थनाले मात्र पुग्दैन। उनलाई थाहा थियो कि उनि निनवे नगएका कारण परमेश्वर रिसाउनुभएको थियो।
योनाले जहाजका चालकहरूलाई आफूलाई समुद्रमा फालिदीन भने। तुरुन्तै, समुद्र शान्त भयो। तर परमेश्वरले योनालाई निल्न एक विशाल माछा पठाउनुभयो, र योना तीन दिन र तीन रातसम्म त्यो माछाको पेटभित्र बसे।

त्यहीबाट योनाले परमेश्वरको सहायताको लागि रुँदै प्रार्थना गरे, र परमेश्वरले उनको पुकार सुन्नुभयो। त्यसपछि त्यो विशाल माछाले योनालाई सुख्खा जमिनमा उकेलीदियो।

फेरि परमेश्वरले योनालाई निनवे जान भन्नुभयो। यसपटक, योनाले परमेश्वरको कुरा माने। निनवेमा पुगेर, उनि सहरभरि हिँड्दै परमेश्वरले दिनुभएको भविष्यवाणी सुनाउँदै भने, “निनवे अब चालिस दिनभित्र नाश हुनेछ।”

निनवेका राजाले योनाको सन्देशमा विश्वास गरे र सम्पूर्ण जनतालाई परमेश्वरसँग पश्चात्ताप गर्न आह्वान गरे। परमेश्वरले तिनीहरूको बिन्ति सुन्नुभयो र निनवेलाई नष्ट गर्नुभएन।

यस भिडियोको बारेमा:

जब नाहोर एक जहाजमा चढ्छन्, उनी कप्तानलाई इस्राएलका शक्तिशाली परमेश्वरले कसरी योना नामका अनिच्छुक भविष्यवक्तालाई निनवे नगरमा सन्देश दिन प्रयोग गर्नुभयो भनेर बताउँछन्।
तर नाहोरलाई थाहा छैन कि कप्तान पहिले नै योनाको कथासँग परिचित छन्।

योना इस्राएलका राजा यारोबाम दोस्रोको समयमा बाँचिरहेका थिए (२ राजा १४:२५)। त्यस समयमा इस्राएल राष्ट्र धनी थियो र विस्तार हुँदै थियो। निनवे असिरियाको एक ठूलो सहर थियो। पछि, असिरियाले इस्राएललाई जित्यो र राष्ट्रलाई विनाश गर्‍यो।

बाइबलले भन्छ कि योनालाई एक विशाल माछाले निल्यो तर पछि उनलाई सुख्खा जमिनमा उकेलिदियो। धेरै संस्कृतिहरूले ठूला समुद्री राक्षसहरूलाई आफ्नो देवतासँग जोडेर विश्वास गर्थे। जहाजका चालकहरूलाई थाहा थियो कि केवल एउटै साँचो परमेश्वर मात्र समुद्रलाई शान्त पार्न र योनालाई निल्ने माछा पठाउन सक्नुहुन्थियो।

प्रस्थान ३४:६ मा परमेश्वरले घोषणा गर्नुहुन्छ कि उहाँ “दयालु र कृपालु परमेश्वर, क्रोध गर्नमा ढिलो, प्रेम र बिश्वस्तामा प्रशस्त” हुनुहुन्छ। योनाको पुस्तकले हामीलाई सम्झाउँछ कि परमेश्वर चाहनुहुन्छ सबै मानिसहरूले पश्चात्ताप गरुन र उहाँमाथि विश्वास गरुन।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. परमेश्वरले योनालाई निनवे जान किन भन्नुभयो? योनाचाहिँ कहाँ गए?

२. जब योना निनवे जान मानेनन्, तब परमेश्वरले के गर्नुभयो?

३. योनाले निनवेमा के गरे?

४. यदि तपाईं योना हुनुभएको भए, तपाईं निनवे जान डराउनुहुन्थ्यो? के तपाईं पनि परमेश्वरबाट भाग्नुहुन्थ्यो?