यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
यो कथाले देखाउँछ कि दानियल र उनका साथीहरूले आफ्ना विश्वासहरूमा दृढ भएर उभिन्छन् र अन्ततः राजालाई र उनको शाही दरबारको मन कसरि जित्छन र प्रभावित पार्छन।
दानियल र उनका साथीहरूलाई राजाको शाही भोजन र दाखमध दिइएको थियो, यद्यपि तिनीहरूले थाहा पाएका थिए कि त्यो उनीहरूका लागि उचित थिएन। तसर्थ, उनीहरूले एउटा प्रस्ताव राख्दै आफैंले रोजेको स्वस्थ आहार खान दिन अनुरोध गरे, र त्यो आहारले दीर्घकालीन रूपमा आफूहरूलाई अझ बलियो र ऊर्जावान बनाएर देखाउने मौका मागे। अन्ततः, उनीहरूको परीक्षण सफल रह्यो। उनीहरूको आहार र राम्रो जीवनशैलीप्रतिको प्रतिबद्धता असल प्रमाणित भयो, र राजाले उनीहरूलाई तिनीहरूको बुद्धिमत्ताको लागि इनाम दिए।
शुमाले आफ्ना साथी ओपिस कसरी स्वस्थ रहन्छन् भन्ने प्रश्न गर्छन् जबकि उनि उनका साथी बेबिलोनीहरू भन्दा फरक आहार पालना गर्छन्। ओपिसले आफूले अहिले सेवा गर्ने परमेश्वरको कारणले गर्दा आफ्नो खाना परिवर्तन गरिरहेको कुरा साझा गर्छन्। त्यसपछि ओपिसले परमेश्वरले दानियल नाम गरेका एक इस्राएली र उनका साथीहरूको लागि कसरी प्रबन्ध गर्नुभयो भन्ने कथा सुनाउँछन्। बेबिलोनमा सर्न बाध्य पारिएपछि पनि शुद्ध र विश्वासी रहन उनीहरूले परमेश्वरको बुद्धि र शक्तिमा भर परे।
मोशाको समयमा परमेश्वरले शुद्ध र अशुद्ध खानाहरूको सूची बनाउनुभएको थियो। दानियलको परीक्षा बेबिलोनीहरूले चढाएको अशुद्ध खाना नखाएर परमेश्वरको सम्मान गर्ने एउटा तरिका थियो।
यो कथाले दानियलको शुद्धताको चाहनालाई परमेश्वरको सीप र बुद्धिको आशिश्संग जोड्छ।
यस कथाले दानियलको क्षमताहरूको व्याख्या गर्छ र दानियलको पुस्तकको बाँकी भागमा अरूको सपना र दर्शनको व्याख्या गर्नमा दानियलको सफलताको लागि पृष्ठभूमि तय गर्छ।
१. के तपाईंलाई लाग्छ दानियल र उनका साथीहरू राजासँग विशेष व्यवहारको लागि अनुरोध गर्न डराएका थिए? के तपाईं त्यस्तो अवस्थामा डराउनुहुन्थ्यो?
२. के सहि कार्य गर्नाले तपाईंको जीवन झन् कठिन बनाउँछ?
३. जब दानियलको परीक्षण सफल भयो, तब राजाको अधिकारीले कसरी प्रतिक्रिया दिए?
४. जब अरूले तपाईंलाई गलत गर्न दबाब दिन्छन्, तब जे सहि हो त्यो कुराको लागि अडिक रहन तपाईलाई कत्तिको गाह्रो हुन्छ?