इतिहासको पाठ

येशूको जन्म

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: लूका २:८–२०

भिडियोको सारांश:

येशूको जन्म एक श्रृंखलाबद्ध अद्भुत घटनासँग सुरु भयो, जसको अन्त्य एउटा साधारण गोठमा उहाँको आगमनसँग भयो।
उहाँका पृथ्वीका आमाबाबु, मरियम र यूसुफले, परमेश्वरको निर्देशन पालना गर्दै गधामा चढेर बेथलेहेम सहर पुगे, जहाँ बालक येशूको जन्म भयो।

त्यसपछि, स्वर्गदूतहरू देखा परे र नजिकैको मैदानमा रहेका गोठालाहरूलाई येशूको जन्मको घोषणा गरे। त्यसपछि ती गोठालाहरू आफ्ना पूर्वजहरूले धेरै वर्षअघि नै भविष्यवाणी गरेको नवजात मसीहलाई खोज्दै गए।

लूका २ अध्यायमा आधारित यो भिडियोले देखाउँछ कि त्यो रात गोठालाहरूको जीवन कसरी परिवर्तन भयो, जब उनीहरू मसीहको जन्मका प्रत्यक्षदर्शी बने।

यस भिडियोको बारेमा:

एक गोठालाले येशू ख्रीष्टको जन्मको कथा सुनाउँछ र कसरी स्वर्गदूतहरूले यो आनन्दको सु- सन्देश संसारलाई सुनाए भन्ने कुरा वर्णन गर्छ। उनले यो कथा लूका नामक व्यक्तिलाई सुनाउछन, जसले येशूको जीवनबारे पुस्तक लेखिरहेका छन्।

यधपी येशू पूर्ण रूपमा परमेश्वर हुनुहुन्थियो , उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो। उहाँ बालकको रूपमा पृथ्वीमा आउनुभयो र हामीहरु जस्तै जवान व्यक्तिका रूपमा हुर्किनुभयो।

गोठालाहरूको यो कथा लूका २:८–२० मा मात्र उल्लेख गरिएको छ, र बाइबलका अरू तीनवटा सुसमाचारहरूमा पाइँदैन।

लूकाले येशूको जन्मका लागि संसारलाई तयार पार्न स्वर्गदूतहरूले गरेका तीनवटा भ्रमणहरूको वर्णन गरेका छन्। ती स्वर्गदूतहरूले ज़करिया (बप्तिस्मा दिने  युहन्नाका पिता), मरियम, र गोठालाहरूसँग भेट गरे। लूकाले प्रायः येशूलाई भेट्ने र उहाँको शिक्षा सुन्ने साधारण मानिसहरूको कथाहरू र तिनीहरूको प्रतिक्रियालाई समावेश गर्छन्।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. जब स्वर्गदूत पहिलो पटक गोठालाहरूको अगाडि देखा परे, त्यतिबेला उनीहरूले कस्तो महसुस गरे होलान्?

२. तपाईंलाई के लाग्छ, किन परमेश्वरले आफ्नो पुत्रको जन्मको सन्देश दिन गोठालाहरुलाई चुन्नुभयो? धार्मिक अगुवाहरूलाई किन चुन्नु भएन?

३. जब गोठालाहरू बालक येशूलाई हेर्न आए र स्वर्गदूतको भ्रमणको कुरा सुनाए, तब यूसुफ र मरियमले कस्तो महसुस गरे होलान्?

४. तपाईंलाई के लाग्छ कोहि गोठालाहरू येशूका अनुयायी बने होलान्?