यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
येशू बिरामीहरूलाई निको पार्ने र लँगडाहरूलाई हिँड्न सहायता गर्ने ख्यातिप्राप्त हुनुहुन्थ्यो। त्यसैले जब एक जना कुष्ठरोगी मानिस उहाँकहाँ सहयोगको लागि आयो, येशूले निको पार्न सक्नु हुन्छ भन्ने उसको विश्वासप्रति प्रतिक्रिया जनाउदै उहाले त्यसको रोगि शरीरलाई चङ्गाइ दिनुभयो।
येशूले भिडले हेरेको अवस्थामा त्यो मानिसलाई पूर्ण रूपमा चङ्गाइ दिनुभयो। धेरै मानिसहरू त्यो चमत्कारी चङ्गाइ देखेर आश्चर्यचकित भए। त्यसपछि येशूले उसलाई आफनो शुद्ध शरीर पुजाहारीहरू र मन्दिरका अगुवाहरूलाई देखाउन भन्नुभयो, ताकि उनीहरूले जान्न सकुन कि येशूसँग परमेश्वरको शक्ति छ।
त्यहाँबाट जाँदै गर्दा, त्यो मानिस आफ्नो खुशी थाम्नै सक्दैनथ्यो र दौडँदै गएर आफ्ना परिवार र साथीहरूलाई आफू चङ्गाइ भएको देखायो। अब उसलाई आफ्ना परिवार र साथीहरूबाट अलग भएर बस्नुपर्ने थिएन।
एक जना मानिस कुष्ठरोगीहरू रहेको शिविरमा जान्छ, जहाँ एक नियमित आगन्तुकले उसलाई तिमि यहाँ किन आएको भनेर सोध्छिन्।
त्यसपछि उसले उनलाई येशूले दिनुभएको चंगाईको कथा सुनाउँछ जसले उसको जीवनको दिशा र उद्देश्यलाई सधैंका लागि परिवर्तन गरिदियो।
यो कथा मर्कुश १:३९–४५ अनुसार प्रस्तुत गरिएको हो। यस कथाको समानान्तर घटनाहरू मत्ती ८:१–४ र लूका ५:१२–१६ मा पनि भेटिन्छन्।
येशूले कुष्ठरोग लागेको मानिसलाई छोएर परम्परागत शुद्धताको नियमहरू तोड्नुहुन्छ।
येशूको यो कार्य त्यस व्यक्ति र त्यसको अवस्थाप्रति देखाईएको गहिरो करुणाको एक प्रतीक हो, साथै कुष्ठरोगमाथि येशूको सामर्थ्यको प्रमाण पनि हो।
१. तपाईंको विचारमा, त्यो मानिस शुद्ध भएको र आफ्नो घर फर्कन सक्ने भएको देख्दा उसका परिवार र साथीहरूले कस्तो महसुस गरे होलान्?
२. के तपाईंलाई लाग्छ, उसका परिवार र साथीहरूले उसले पाएको चङ्गाइको कारण येशूमाथि विश्वास गरे होलान्?
३. तपाईंको विचारमा, चङ्गाइ प्राप्त गरेपछि उसले कुष्ठरोगीहरूको शिविरमा रहेका आफ्ना साथीहरूप्रति कस्तो व्यवहार गर्यो होला?
४. यदि तपाईंका केही साथीहरू बिरामी हुन्थे र येशू नजिकै हुनुहुन्थ्यो भने, के तपाईं तिनीहरूलाई येशूकहाँ लगेर र चङ्गाइको लागि अनुरोध गर्नुहुन्थ्यो?