खाट बनाउने व्यक्ति

येशूले पक्षघातिलाई निको पार्नुभयो

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: लूका ५:१७–२६

भिडियोको सारांश:

जन्मदेखि नै लँगडो एक व्यक्तिले चमत्कार गर्ने येशू नामक शिक्षक आफ्नै गाउँमा शिक्षा दिइरहेको खबर सुन्छ र आफ्ना साथीहरूलाई बोलाएर आफूलाई येशूकहाँ लैजान आग्रह गर्छ। भीड धेरै भए पनि हतोउत्साहित नभई, ती साथीहरूले उसलाई छानाबाट झारेर येशूकै नजिक पुर्‍याउँछन्। येशूले त्यो लँगडो मानिसको विश्वास देख्नुहुन्छ र उसको शरीर र आत्मा दुबैलाई चङ्गाइ दिनुहुन्छ।

यो कथाको मुख्य सन्देश येशूले लँगडो मानिसलाई चङ्गाइ दिनुभएको अद्भुत शक्तिमा र पाप क्षमा गर्ने उहाको अधिकारको स्रोतमा केन्द्रित छ। तर कथाको अर्को महत्वपूर्ण पक्ष यो हो कि येशू त्यहाँबाट जानुभएको धेरै पछि पनि त्यो चमत्कारले लँगडो मानिसको जीवनलाई कसरी परिवर्तन गर्‍यो। येशूको चङ्गाइपछि उसलाई के भयो ? ऊ हिँड्न र चल्न सक्ने भएपछि उसले कस्तो प्रकारको काम सुरु गर्‍यो?

यस भिडियोको बारेमा:

एक खाट बनाउने व्यक्तिले एउटा पक्षघातग्रस्त मानिसको कथा सुनाउँछन, जसलाई भीडहरुको बिचमा घरको छानाबाट झारेर ल्याएपछि येशूले चङ्गाइ दिनुभयो। उनी आफ्ना ग्राहकहरूलाई बताउँछन् कि किन उनी बिरामी, लँगडा र थाकेका मानिसहरूका लागि ओछ्यान बनाउँछन्।

समानान्तर कथाहरू मत्ती ९:१–८ र मर्कुश २:१–१२ मा पढ्नुहोस्।

तिम्रा पापहरू क्षमा गरिएका छन्” भन्नु सजिलो छ, तर त्यसलाई आँखाले देख्न सकिँदैन। अर्कोतर्फ, “उठ, आफ्नो ओछ्यान उठाऊ, र हिँड” भन्नुले येशूको सामर्थ्यलाई अझ स्पष्ट रूपमा देखाउँछ। येशूलाई थाहा थियो र उहाँले बुझ्नुभएको थियो कि शङ्कालुहरूले दुवै घटनाहरु प्रत्यक्ष देखेर लाभ उठाउनेछन्।

जब व्यवस्थाका शिक्षकहरूले येशूले लँगडोलाई चङ्गाइ दिनुभएको कुरामा प्रश्न उठाए, वास्तवमा तिनीहरूले येशूसँग पाप क्षमा गर्ने अधिकार र सामर्थ्य पनि छ कि छैन भनेर प्रमाणित गर्न आग्रह गरिरहेका थिए।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. जब छानामा भएका मानिसहरूले माथिबाट कसैलाई भित्र ल्याउन प्वाल बनाए, त्यो भीड भएको कोठामा रहेका मानिसहरूले के सोचे होलान्?

२. चङ्गाइ पाएपछि तपाईंको विचारमा लँगडो मानिसले येशूलाई के भन्यो होला?

३. येशूले पाप क्षमाको कुरा किन उठाउनुभयो?

४. तपाईंको विचारमा, चङ्गाइको यो घटना देखेपछि मानिसहरूले येशूको बारेमा के भने होलान्?