घुम्ने प्रचारक

येशूले दुष्ट आत्माद्वारा ग्रस्त व्यक्तिलाई मुक्त पार्नुभयो

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: मर्कुश ५:१–२०

भिडियोको सारांश:

एक प्रचारकले भिडमा रहेका केही मानिसहरूसँग परमेश्वरप्रतिको आफ्नो जोश र विश्वासको कारण बताउदछन।
उनले एक मानिसको कथा सुनाउछन्, जो दुष्ट आत्माहरूले सताइएको थियो र येशूलाई भेटेपछि परमेश्वरको चनगाईको शक्तिद्वारा सधैंको लागि परिवर्तन भयो।

यो कथा मर्कुश ५:१–२० अनुसार प्रस्तुत गरिएको हो। यसका समानान्तर कथाहरू मत्ती ८:२८–३४ र लूका ८:२६–३९ मा पाइन्छन्।

यहूदीहरूको लागि सुँगुर अपवित्र जनावर मानिन्थ्यो, किनभने लेवी व्यवस्ता ११:७ मा खाना सम्बन्धी प्रतिबन्धहरू दिइएका छन्। तर नयाँ करारमा येशूले मर्कुश  ७:१४–२३ मा सबै खानेकुराहरु लाई शुद्ध घोषित गर्नुभयो।

डेकापोलिसको अर्थ "दस शहरहरू" हुन्छ, र यो येशूको समयमा यर्दन नदी र गलील समुन्द्रको पूर्वतर्फ रहेका दसवटा नगरहरूको समूहलाई जनाउँछ।

बाइबलमा, दुष्ट आत्माद्वारा पीडित मानिसहरूले प्रायः शारीरिक समस्याहरूको सामना गरे। जब येशूले ती दुस्ट आत्माहरूलाई निकाल्नुभयो, उनीहरूको शारीरिक समस्याहरू पनि निको भए। येशूसँग मानिसहरूलाई भित्रदेखि बाहिरसम्म पूर्णरूपमा निको पार्ने शक्ति छ।

यस भिडियोको बारेमा:

एक खाट बनाउने व्यक्तिले एउटा पक्षघातग्रस्त मानिसको कथा सुनाउँछन, जसलाई भीडहरुको बिचमा घरको छानाबाट झारेर ल्याएपछि येशूले चङ्गाइ दिनुभयो। उनी आफ्ना ग्राहकहरूलाई बताउँछन् कि किन उनी बिरामी, लँगडा र थाकेका मानिसहरूका लागि ओछ्यान बनाउँछन्।

समानान्तर कथाहरू मत्ती ९:१–८ र मर्कुश २:१–१२ मा पढ्नुहोस्।

तिम्रा पापहरू क्षमा गरिएका छन्” भन्नु सजिलो छ, तर त्यसलाई आँखाले देख्न सकिँदैन। अर्कोतर्फ, “उठ, आफ्नो ओछ्यान उठाऊ, र हिँड” भन्नुले येशूको सामर्थ्यलाई अझ स्पष्ट रूपमा देखाउँछ। येशूलाई थाहा थियो र उहाँले बुझ्नुभएको थियो कि शङ्कालुहरूले दुवै घटनाहरु प्रत्यक्ष देखेर लाभ उठाउनेछन्।

जब व्यवस्थाका शिक्षकहरूले येशूले लँगडोलाई चङ्गाइ दिनुभएको कुरामा प्रश्न उठाए, वास्तवमा तिनीहरूले येशूसँग पाप क्षमा गर्ने अधिकार र सामर्थ्य पनि छ कि छैन भनेर प्रमाणित गर्न आग्रह गरिरहेका थिए।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. तपाईंलाई के लाग्छ, जब ती मानिसका आमा र बुबाले आफ्ना छोरालाई निको भई सन्तुलित अवस्थामा देखे, तब उनीहरू कस्तो महसुस गरे होलान्?

२. तपाईंलाई के लाग्छ, के उसको परिवार र साथीहरूले उ निको भएको देखेर येशूमाथि विश्वास गरे होलान्?

३. तपाईंलाई के लाग्छ, मानिसहरूले येशूको त्यस्तो चमत्कारपूर्ण चंगाई देखेर अचम्म मान्नुको साटो उहाँलाई आफ्ना क्षेत्रबाट जान किन अनुरोध गरे?

४. यदि तपाईंले येशूलाई यस्तो मानिसलाई निको पारेको देख्नुभयो भने तपाईं के गर्नुहुन्छ?