सुत्ने बेलाको कथा

येशूले याइरसकी छोरीलाई उठाउनुभयो

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: मर्कुश ५:२२–४३

भिडियोको सारांश:

यो कथाले याईरसको विश्वासलाई देखाउँछ, जसले आफ्नी मर्न लागेकी छोरीलाई बचाउन येशूलाई उहाँको आत्मिक शक्तिको प्रयोग गर्न विन्ती गरे।

याईरसकी छोरी निकै बिरामी थिइन् र येशू उनीहरूको गाउँमा आउँदा उनी मृत्यु सम्मै पुग्ने अवस्थामा थिइन्। याईरस येशूकहाँ दौडिएर पुगे र उहाँलाई आफ्नी छोरीलाई निको पार्न आफ्नो घरमा आउन बिन्ती गरे। याईरस र येशू सँगै घर पुग्नुभयो र त्यहा पुग्दा केटीको मृत्यु पहिले नै भइसकेको थियो। तर येशूले केटीका लागि प्रार्थना गर्नुभयो र उनी मृत्युदेखि जीवित भई उठिन्!

यो कथाले देखाउँछ कि येशूको चमत्कारले याईरस, उनकी पत्नी र उनकी छोरीको जीवन कसरी परिवर्तन गर्‍यो।

यस भिडियोको बारेमा:

एक आमा आफ्नो बच्चाहरूलाई सुत्ने बेलाको कथा सुनाउँछिन्  कि येशूले कसरी एउटा सानी केटीलाई मृत्युदेखि जीवनमा फर्काउनु भयो। यस कथाले देखाउँछ कि येशूले मानिसहरूलाई कति प्रेम र वास्ता गर्नुहुन्छ र कसरि उनीहरुको विश्वासलाई बलियो बनाउन र डर हटाउन सहायता गर्नुहुन्छ।

यो कथा मत्ती ९:१८–२६ र लूका ८:४०–५६ मा पनि वर्णन गरिएको छ। धेरैले विश्वास गर्छन् कि यी पटक–पटकको उल्लेखहरूले यस घटनाको सत्यता प्रमाणित गर्छ। याईरस आफ्ना समुदायको एक धार्मिक अगुवा भएकाले उनको कथा छिट्टै सम्पूर्ण क्षेत्रमा फैलिएको थियो।

येशू याईरसको घरतर्फ जाँदै गर्दा उहाँले एक बिरामी महिलालाई पनि निको पार्नु भयो। परिस्थिति जे जस्तो भए पनि, येशूले आफू वरिपरिका मानिसहरूप्रति सधैं माया र वास्ता देखाउनु भयो।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. के तपाईं चमत्कारहरूमा विश्वास गर्नुहुन्छ?

२. यदि तपाईं याईरसको स्थानमा हुनुहुन्थ्यो भने, के तपाईं येशूलाई भेट्न जानुहुन्थियो?

३. तपाईंको विचारमा जब छिमेकीहरूले सानी केटीलाई फेरि जीवित भएको देखे, तब उनीहरूले के सोचेका होलान्?

४. तपाईंलाई के लाग्छ, मृत्युदेखि जीवनमा फर्काइएपछि यो चमत्कारले त्यो केटीको जीवनलाई कसरी परिवर्तन गर्‍यो होला?