यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
धेरै मानिसहरूको भिड येशूलाई पछ्याउँदै उहाँको शिक्षा सुन्न र उहाँका चमत्कारहरू हेर्न आएका थिए। ती मानिसप्रति दया देखाउँदै, त्यस दिन त्यहाँ जम्मा भएका मानिसहरूलाई खुवाउने केहि छ कि भनि येशूले आफ्ना चेलाहरूलाई सोध्नुहुन्छ। तर यो पत्ता लाग्यो कि केवल एउटा सानो केटासँग मात्र केहि माछा र रोटीको टोकरी थियो।
थोरै मात्रामा भएको यो खाना लिएर येशूले आशीर्वाद दिनुभयो र जति सक्दो ट़ाढा सम्म गएर त्यो बाड्न भनि चेलाहरूलाई भन्नुभयो।
चमत्कारिक रूपमा, त्यो खाना बढ्दै गयो, र परमेश्वरको शक्तिको प्रयोगले येशूले बढाउनु भएको खानाबाट ५,००० भन्दा बढी मानिसहरूलाई खुवाउन सकियो। सबै जना पूरै तृप्त भएपछि पनि खाना बाँकी रह्यो।
मानिसहरू यो चमत्कार देखेर अचम्मित भए र येशू र उहाँका शक्तिप्रति तिनीहरूको आकर्षणले उनीहरूलाई परमेश्वरका यी दूतबाट अझ धेरै सुन्ने इच्छा जगायो।
सिमोन मछुवा आफ्ना ग्राहकहरूलाई बढी माछा दिने उदारताका लागि परिचित छन्। जब दुई जना केटीहरू यसबारे जिज्ञासु हुन्छन्, तब उनले तिनीहरूलाई बताउँछन् कि कसरी येशूले थोरै मात्रामा भएको खाना प्रयोग गरेर हजारौंलाई खाना खुवाउने चमत्कार गर्नुभयो।
येशूले प्रत्येक मानिसले दैनिक रूपमा अनुभव गर्ने भोजनको आवश्यकतालाई बुझ्नुभयो। उहाँले स्वयंले पनि मरुभूमिमा बस्दा भोकको अनुभूति गर्नुभयो। उहाँले ठूलो भीडको व्यवहारिक आवश्यकतालाई चमत्कारी तरिकाले पूरा गर्नुभयो।
यो कथा मुख्य रूपमा युहान ६:१–१४ मा आधारित छ, तर यसमा मत्ती १४:१३–२१, मर्कुस ६:३२–४४, र लूका ९:१०–१७ मा रहेका समानान्तर कथाहरूबाट केही थप विवरणहरू पनि समावेश गरिएका छन्। यो चमत्कार चारवटै सुसमाचारहरूमा उल्लेखित थोरै चमत्कारहरूमध्ये एक हो। प्रत्येक सुसमाचारले यो कथा फरक तरिकाले सुनाएको छ, तर सबै विवरणहरू आपसमा मेल खान्छन्।
१. यदि तपाईंले त्यो दिन येशूले रोटी र माछा बढाउनु भएको देख्नुभएको भए, तपाईंले कस्तो महसुस गर्नुहुन्थ्यो होला?
२. तपाईंलाई के लाग्छ, त्यो चमत्कारले त्यो सानो केटाको येशूमाथिको विश्वासमा कस्तो प्रभाव पारेको होला?
३. यदि येशूले त्यो सानो केटाको दुई माछा लिएर ५,००० जनालाई खुवाउन सक्नुहुन्छ भने, उहाँले तपाईं सँग भएका थोरै कुराहरूलाई कसरी अरूका लागि प्रयोग गर्न सक्नुहुन्छ?
४. के तपाईंलाई लाग्छ कि येशूले तपाईंमार्फत अरूका लागि महान काम गर्न सक्नुहुन्छ?