अनपेक्षित उपहार

जक्कै

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: लूका १९:१–१०

भिडियोको सारांश:

यो जखायसको कथा हो, एक घृणित कर संकलक, र जसलाई येशूले उनको बेइमानीका बारेमा सामना गर्नुभयो। येशूले उनको घरमा जानुभएपछि, जखायसले आफ्नो बिगतको गल्तिप्रति पछुतो मान्छन् र उनले चोरेको सम्पत्ति फिर्ता गर्न तथा गरिबहरूप्रति उदार बन्ने निर्णय गर्छन्।

यो कथाले जखायसको हृदय लालचबाट उदारतातर्फ फर्किएको अद्भुत परिवर्तन देखाउँछ। यसले उनले पैसा फिर्ता गर्ने र गरिबहरूको सहायता गर्ने प्रतिज्ञा गरेको कुरा झल्काउँछ, जसले मानिसहरूलाई येशूका बारेमा अझ जान्न उत्साहित बनाउँछ।

यस भिडियोको बारेमा:

जक्कै नामका एक बेइमानी कर सङ्कलक भीडका कारण येशूलाई देख्न नसकेर रुखमा चढे। येशूले उनलाई देख्नुभयो र सिधै उनको घर जानुभयो। जक्कैले येशूका कुरा ध्यानपूर्वक सुने र आफ्नो जीवनशैली परिवर्तन गरे।

जक्कैले कर सङ्कलक हुदा आफूले ठगेको जो कोहीलाई पनि चारगुना फिर्ता दिने प्रतिज्ञा गरे। यहूदी संस्कृतिमा चारगुना फिर्ता गर्नु कुनै आर्थिक सजाय होइन। यसको अर्थ पीडितलाई आशीर्वाद दिनु र सम्बन्ध सुधार्न विशेष प्रयास गर्नु हो भन्ने मानिन्थ्यो।

येशूसँग भेट भएपछि, जक्कैले आफ्नो आधा सम्पत्ति गरिबहरूलाई दिए। गरिबलाई दिनु येशूका शिक्षाहरू मध्ये एक हो, जसले देखाउँछ कि कसैको हृदय परमेश्वरतर्फ फर्किएको छ (मत्ती १९:२१; मर्कुस १०:२१; लूका ११:४१; १२:३३)।

पृथ्वीमा मानवको रूपमा बाँच्दा, येशूले हाम्रो दैनिक आवश्यकताहरूलाई बुझ्नुभयो र सहायता गर्नुभयो, जसमा हामी र हाम्रो परिवारको पालनपोषणका लागि आवश्यक धनसमेत समावेश थियो।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. तपाईँलाई के लाग्छ, जखायास किन येशूलाई हेर्न चाहान्थे होला ?

२. धेरै मानिसहरूले कर संकलकहरूलाई मन पराउँदैनथे, तर येशू अझै पनि जखायसको घर जान चाहनुहुन्थ्यो। तपईलाई के लाग्छ, येशू त्यहाँ के गर्न चाहनुहुन्थ्यो होला?

३. के तपाईंलाई लाग्छ कि जखायसको हृदय साँच्चिकै परिवर्तन भएको थियो?

४. यस कथामा येशू कसरी हराएकाहरुलाई खोज्न र उद्धार गर्न आउनुभएको थियो?