यरूशलेमको व्यवसायी

येशूले मन्दिर सफा गर्नुभयो

यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।


पवित्रशास्त्र सन्दर्भ: मत्ती २१:१२–१७

भिडियोको सारांश:

येशू मन्दिरको आँगन हुँदै हिँडिरहनु भएको थियो, र उहाँले त्यहाँ पूजा गर्न जम्मा भएका भीडको फाइदा उठाउँदै गरेका धेरै व्यापारीहरूलाई देख्नुभयो। ती व्यापारीहरूले ग्राहकहरूलाई ठगीरहेका थिए र गरिबहरूबाट जबर्जस्ती पैसा असुलिरहेका थिए। देखेको कुराले रिस उठेर, येशूले मुद्रा साट्नेहरूको टेबल पल्टाउनुभयो र दुष्ट व्यापारीहरूले बेचिरहेका सामानहरू छरपस्ट पार्नुभयो।

आराधना गर्न आएका मानिसहरूलाई लक्षित गर्ने ती कार्यहरूलाई येशूले हप्काउनुभयो, त्यसपछि उहाँले मन्दिरका पुजाहारीहरूसँग पनि सामना गर्नुभयो। उहाँले तिनीहरूलाई बताउनुभयो कि मन्दिरको आँगनमा यस्ता 'डाकाहरू' लाई स्वीकृति दिनु गलत हो र यो तुरुन्तै रोकिनु पर्छ।

एकजना व्यवसायी येशूको प्रतिक्रिया सुनेर आफ्नो गल्ती महसुस गरे र आराधनाका सामग्री किन्ने ग्राहकहरूलाई ठग्ने र महँगो मूल्यमा बेच्ने काम रोक्ने निर्णय गरे। त्यसको नतिजा स्वरूप उनको व्यापार फस्टायो, र उनले दिएको गवाहीबाट थाहा भयो कि त्यो दिन येशूले कसरी उनको जीवन परिवर्तन गर्नुभयो।

यस भिडियोको बारेमा:

जब केही ग्राहकहरू उनको राम्रो मूल्यले प्रभावित हुन्छन्, एक व्यापारीले बताउँछ कि येशूले एक पटक मन्दिरमा आएर सबै व्यापारहरूलाई त्यहाँबाट निकालिदिनुभयो। यो उदाहरणले व्यापारीलाई फरक तरिकाले काम गर्न प्रेरित गर्यो।

मत्तीले यस कथामा तीनवटा पुरानो नियमका खण्डहरूको प्रयोग गरेर देखाउँछन् कि कसरि येशूले मसीही भविष्यवाणीहरू पूरा गर्नुभयो। येशू नै मसीह हुनुहुन्छ, सबै मानिसलाई उद्धार गर्न परमेश्वरले छान्नु भएको व्यक्ति। यो कुरा पवित्रशास्त्रमा धेरै पटक देखाइएको छ।

यो कथाको अर्को संस्करण पाउन मर्कुश ११:१५–१९ पढ्नुहोस्। येशूले मन्दिर सफा गर्नुभएको युहन्नाको संस्करण (यूहन्ना २:१२–२५) भने सम्भवतः छुट्टै घटनाको विवरण हुन सक्छ। ध्यान दिनुहोस्, युहन्नाले यो कथा आफ्ना सुसमाचारको अन्तमा हैन, सुरुवातमै राखेका छन्, जबकि मत्ती र मर्कुशले यसलाई अन्त्यतिर राखेका छन्।

सबै मानिसहरूजस्तै, येशूले पनि धेरै प्रकारका भावनाहरू अनुभव गर्नुभयो, जसमा रिस पनि समावेश थियो। तर येशू रिसाउँदा पनि कहिल्यै पाप गर्नुभएन।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. तपईलाई के लाग्छ, जब येशूले व्यापारीहरूको टेबल पल्टाउनुभयो र उनीहरूको व्यापार क्षेत्रलाई “डाकुहरूको अड्डा” भन्नुभयो, तब ती व्यापारीहरूले कस्तो महसुस गरे होलान?

२. तपाईंलाई के लाग्छ, मन्दिरका धार्मिक अगुवाहरूले मन्दिरको आँगनमा जनावरहरू बेच्नलाई समर्थन गरेका थिए?

३. टाढाबाट यात्रा गरेर आउने मानिसहरूका लागि मन्दिरमा बलिको जनावर किन्ने कुरा एक महत्वपूर्ण धार्मिक परम्परा थियो। तपाईंलाई के लाग्छ, येशूले मुद्रा साट्नेहरू र चोरहरूमाथि गरेको आलोचनाप्रति उनीहरूले कस्तो महसुस गरे होलान्?

४. तपाईंलाई के लाग्छ, मन्दिरमा के कुराले येशूलाई यति धेरै रिस उठायो?