यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
येशूलाई क्रूसमा चढेर मृत्यु हुने दोषी ठहर गरिएको थियो र उक्त घटना हेर्न ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। धेरैजना येशूलाई सजाय दिइएको देखेर खुशी भए, भने कतिपय भने रोए र येशूलाई गरीएको व्यवहारसँग असहमत भए।
क्रूसमा चढाइँदै गर्दा, सिपाईहरुले येशूको वस्त्र खोले र उहाँको एक मात्र सम्पत्ति भनिएको त्यो वस्तु कसले पाउने भनेर चिठ्ठा हाल्नथाले। अन्ततः जसले त्यो चिठ्ठा जित्यो, उसले येशू निर्दोष हुनुभएको कुरा बुझ्यो र उहाँको मृत्युपछि पश्चात्ताप महसुस गरे।
धेरै वर्षपछि, त्यो सिपाईले येशूको संसारिक आमालाई खोजेर त्यो दिन जितेको वस्त्र उनलाई दियो। उसले भन्यो कि ऊ येशुलाई क्रूसमा चढाएको घटनाको साक्षी हो र त्यो दिन येशूले उसको जीवन कसरी परिवर्तन गर्नुभयो भनी व्याख्या गर्यो।
एक जना सिपाही केही ख्रीष्टियनहरूलाई भेट्न आउँछन्, किनभने उनले क्रूसमा मरेको देखेका येशू फेरि बाँच्नु भएको हुनसक्ने भन्ने हल्ला सुनेका थिए। उनले येशूको मृत्युको बेला भएका अविश्वसनीय घटनाहरूको अनुभव बाँड्छन् र आफू त्यस घटनामा संलग्न भएकोमा पश्चात्ताप गर्दै उपहार अर्पण गर्छन्।
यो कथा मत्ती २७:२७–५४ अनुसारको हो। थप विवरणहरू तपाईं मर्कुश १५, लूका २३:२६–४९ र यूहन्ना १९:१६–३० मा पनि समानान्तर रूपमा भेट्टाउन सक्नुहुन्छ।
यो कथा क्रूरता र सजायको एक भयावह घटनासँग सम्बन्धित भए तापनि, येशूको मृत्यु ख्रीष्टियन विश्वासको केन्द्रविन्दु हो। यसले उहाँलाई सुरक्षा दिने रोमी सिपाहीको दृष्टिकोणबाट घटनालाई प्रस्तुत गर्दछ।
मृत्यु प्रत्येक व्यक्तिको अनुभवको एक हिस्सा हो। तर येशूका लागि त्यो अन्त्य थिएन। उहाँ तेस्रो दिनमा बौरी उठेर मृत्युमाथि विजय प्राप्त गर्नुभयो।
१. तपाईंलाई के लाग्छ, ती रोमी सिपाहीहरूले जसले अँध्यारो भएको, भूकम्प गएको, ढुङ्गाहरु फुटेको र येशूको मृत्यु भएको यी घटनाहरू को साक्षी थिए, ती घटनापछि उनीहरुले कस्तो महसुस गरे होलान्?
२. तपाईंलाई के लाग्छ, त्यो सिपाहीलाई के भयो जसले भने, “निश्चय पनि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो”?
३. तपाईंलाई के लाग्छ, ती मध्ये कुनै रोमी सिपाहीहरूले देखेका घटनाहरूका कारण येशूमाथि विश्वास गरे होलान?
४. तपाईंलाई के लाग्छ, तीन दिनपछि जब येशू मृत्युदेखि बौरी उठ्नु भएको खबर आयो, तब ती रोमी सिपाहीहरूले के सोचे होलान?