यो डाउनलोड Vimeo बाट हो। भिडियोको तल रहेको 'download' मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो रिजोल्युसन (resolution) छनौट गर्नुहोस्।
तबिता आफ्नो गाउँमा विधवा र गरिबहरूको सेवा गर्ने व्यक्तिका रूपमा चिनिन्थिन्। जब उनको मृत्यु भयो, मानिसहरू निकै दुःखी भए। तर पत्रुसमा करुणा थियो, र परमेश्वरको सहायताले उनले तबितालाई मृत्युदेखि पुनः जीवित पार्न सके।
यो चमत्कारले गाउँका मानिसहरूलाई देखायो कि परमेश्वरले अरूलाई माया गर्नेहरूलाई कति माया र वास्ता गर्नुहुन्छ भनेर। यस चमत्कारले तबिता र उनको परिवारको जीवन परिवर्तन गर्यो, र उनको वरिपरिका मानिसहरूमा पनि गहिरो प्रभाव पारेको थियो। पत्रुसद्वारा भएको यस चमत्कारका कारण तबिताको परिवार र गाउँका मानिसहरूले परमेश्वरको शक्ति चिन्न सके।
जब केही पुरुषहरूले छिमेकीको नयाँ वस्त्रको प्रशंसा गर्छन्, उनले एउटा अद्भुत कथामार्फत त्यस वस्त्र कसरी पाए भन्ने सुनाउँछन् जुन कथा प्रेरित पत्रुस र तबिता नामकी एक बिरामी महिलासँग सम्बन्धित छ।
यो कथा भन्दाअघि नै, पत्रुसले एनियास नाम गरेका एक लंगडो व्यक्तिलाई निको पार्छन्। छेउछाउका शहरका सबैले एनियासलाई देखे र येशूमा विश्वास गरे।
पत्रुसले येशूको नाममा धेरै मानिसहरूलाई निको पारे। यसकारण, मानिसहरूले बुझ्न थाले कि यी चंगाईहरू पत्रुसको होइन, प्रभुको शक्तिबाट भएका हुन्।
१. तपाईंलाई के लाग्छ, मृत्युदेखि उठाइएपछि तबिताको जीवनमा के परिवर्तन भयो होला?
२. तपाईलाई के लाग्छ, तबिता फेरि जीवित भएको देखेपछि उनको परिवार वा योप्पाका मानिसहरूले के सोचे होलान ? के यो चमत्कारले उनका छिमेकीहरूलाई येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनि विश्वास गर्न मद्दत पुर्यायो होला?
३. तपाईंलाई के लाग्छ, पत्रुसजस्ता मानिसहरूले कसरी स्पष्ट पार्थे कि उनीहरू आफ्नो शक्ति होइन तर येशूको चंगाई गर्ने शक्ति प्रयोग गरिरहेका छन्?
४. यस योजनामा तपाईँको मनपर्ने चंगाईको कथा कुन थियो? र किन?